words per minute

10

SauravMahara


00:00

Speed

मुगु जिल्लामा दुई महिनापछि हवाइ उडान सुरु भएको छ । शुक्रबारदेखि सिता एयरले सुर्खेत–मुगु हवाइ उडान सुरु गरेको हो । शुत्रबार सुर्खेतदेखि १३ जना यात्रु बोकेर सिता एयरले मुगु उडान गरेको थियो । शनिबार १० जना यात्रुसहित सिता एयर सुर्खेतदेखि मुगु उडान गरेको छ । कोराना महामारीका कारण दुई महिना देखि हवाइ उडान बन्द भएको थियो ।हवाइ उडान सुरु भएपछि कर्मचारी व्यापारी स्थानीयलाई आउजाउ गर्न सजिलो भएको छ । हवाइ उडान सुरु भएपछि जिल्लाबासी उत्साहित भएका छन् । सुर्खेत देखि मुगु सम्मको हवाइ भाडा ७ हजार कायम गरिएको छ । मुगुदेखि नेपालगञ्जसम्म ५ हजार ८ सय भाडा कायम गरिएको छ । कर्णाली प्रदेशका पर्यटन मन्त्रीको अनुमतिमा सिता एयरले सुर्खेत मुगु उडान सुरु गरेको भएपनि जिल्लाबाट अनुमति प्रदान नगरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीको बताए । जिल्लामा कोरोना महामारी नघटेको भन्दै असार १५ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
words per minute
0
wpm
accuracy
0%
Text Practice - Time 351 - English

words per minute