words per minute

16

Chandra_Magar


00:00

Speed

हुन् कार्ल मार्क्स के हो मार्क्सवाद ? कार्ल मार्क्स मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधीनस्थ थियो त्यसबेलासम्म पनि १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्तिको सम्झना बलियो थियो मार्क्स त्यो समयमा जन्मिएका थिए जुनबेला सारा युरोपमा नयाँ खालको जागरण आइरहेको थियो बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना-आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरले लागिपरेका थिए एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए पर्याप्त मात्रामा उत्पादन गर्ने बेच्ने अनि नाफा आर्जन गर्ने धन्दा चलिरहेको थियो यो कमाउधन्दा बढिरहँदा फ्रान्सेली क्रान्तिताका लागेका नारा 'मुक्त', 'समानता' 'ऐक्यबद्धता' क्रमशः ओझेलमा पर्दै गइरहेका थिए कृषिबाट उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र हुँदै जाँदा बहुसंख्यक मानिसको जीवन कठिन बन्दै गएको थियो त्यो विषम परिस्थितिले मार्क्सलाई आमूल परिवर्तनकारी लोकतान्त्रिक व्यवस्था हुँदै साम्यवादतर्फ आकर्षित हुने वातावरण बन्यो मार्क्स राम्रै आर्थिक अवस्था भएको यहुदी परिवारमा जन्मिएका थिए उनका पिताजी वकिल थिए उनी स्थानीय तहको शिक्षा सकेपछि सर्वप्रथम बोन विश्वविद्यालयमा कानुनको विद्यार्थी बने, त्यसपछि सांस्कृतिक केन्द्रका रूपमा रहेको बर्लिन विश्वविद्यालय गएपछि दार्शनिक जर्ग विल्हिम फ्रेडरिक हेगलका युवा अनुयायीहरूको संगतमा परेपछि इतिहास दर्शन पढे सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर 'रेन्चे जाइतुङ' नामक पत्रिका निकाले पत्रिकामा किसानमाथि गरिएको विभेदविरूद्ध लेखिएपछि सरकारले प्रतिबन्ध लगायो उनलाई देश निकाला गरियो त्यसपछि उनले राजनीतिक अर्थशास्त्र पढ्न थाले खासगरी फ्रेडरिक एंगेल्स लिखित तथा जर्मन-फ्रेन्च एनल्समा प्रकाशित 'आउटलाइन्स अफ क्रिटिक अफ पोलिटिकल इकोनोमी' पढे त्यो एनल्समा मार्क्सका दुई निबन्ध छापिएका थिए पहिलो 'कन्ट्रिब्युसन टु दी क्रिटिक अफ हेगल्स फिलोसोफी अफ ल' 'अन दी जिउइस क्वेस्चन' सन् १८४४ मा मार्क्स एंगेल्सले १० दिनसंगै बसेर ब्रुनो बुयरको 'सेपरेसन अफ फिलोसोफिकल क्रिटिक' को विपक्षमा 'दी होली फामेली' लेखे त्यहीँदेखि दुईजनाबीच जीवनपर्यन्त सहकार्य सुरु भयो ।पर्सियन सरकार (हालको जर्मन) सरकारले बबाब दिएपछि मार्क्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो उनी ब्रसेल्समा पुगे
words per minute
0
wpm
accuracy
0%
Text Practice - Time 979 - English

words per minute