words per minute

18

UDAYA_SIGDEL


00:00

Speed

ोखरा गण्डकी प्रदेशको सदरमुकाम हो। यो कास्की जिल्लामा पर्छ। यो समुद्र सतहबाट १४०० मिटरको उचाइ मा अवस्थित छ। यो एक सुन्दर ठाउँ हो। यहाँ घुम्नका लागि पर्यटकहरु धेरै आउँछन्। पोखरा मध्य पहाडी क्षेत्रमा पर्छ। यहाँका सुन्दर दृश्य एकदमै मनमोहक हुन्छन्। उत्तरतिर माछापूच्छ्रे, अन्नपूर्ण अन्य हिमालहरुको राम्रो दृश्य देखिन्छ। अन्नपूर्ण बेस क्याम्पमा ट्रेकिङका लागि आउने पर्यटकहरुले धम्पुस हुँदै जानुपर्छ। धम्पुस एक सुन्दर स्थल हो। त्यहाँको सफा हावा मनमोहक हरियाली हेर्न पनि मानिसहरु आउने गर्छन्। पोखरामा फेवाताल पनि छ। यसको बिचमा ताल बाराही मन्दिर छ। ताल बाराही मन्दिरसम्म पुग्नका लागि सानो डुङ्गाको प्रयोग गरिन्छ। फेवातालको पानी एउटा ड्यामबाट गएर पाताले छाँगो झरना बनेर खस्छ। यो झरना हेर्न हामीले टिकट काट्नु पर्छ। पाताले छाँगोलाई डेभिड फल पनि भन्निछ। पाताले छाँगो जाने द्वारको ठिक पल्लो पट्टी गुप्तेश्वर गुफा छ। यो गुफामा धेरै खालका मन्दिरहरु छन्। जस्तैः कृष्ण मन्दिर, गाई मन्दिर, दुर्गा मन्दिर, आदि। त्यहाँ एउटा कुवा पनि छ। त्यो कुवाको पानी पाताले छाँगोबाट आएको रे। अर्को रमाइलो स्थल भनेको शान्ति स्तुप हो। यो स्तुप पहाडको टुप्पामा छ। यो स्तुपमा धेरै जसो बुद्ध धर्मबाल्बिका मानिसले प्रार्थना गर्न आउने ठाउँ हो। पोखरा महानगर पालिका वडा मा विन्ध्यवासिनी मन्दिर पर्छ। यस मन्दिरलाई पोखराको सबैभन्दा पुरानो मन्दिर मानिन्छ। यहाँको मुख्य मन्दिर श्री विन्घ्यवासिनी माताको हो। दसैँको बेला त्यहाँ सचित्र कथावाचन हुन्छ। गणेश मन्दिर, राधा कृश्ष मन्दिर, राम सिता मन्दिर, सरस्वती मन्दिर, शिव मन्दिर आदि पनि विन्ध्यवासिनी मन्दिर क्षेत्र भित्र पर्छन्। यस क्षेत्रमा बगैँचा पनि छ। त्यहाँ फरक फरक खालका फूलहरु छन् जसले मन्दिर क्षेत्रलाई अझ सुन्दर बनाएको छ। अर्को हेर्नै पर्ने ठाउँ भनेको अन्तराष्ट्रिय हिमाल संग्रहालय हो। यस संग्रहालयले हिमालको बारेमा, त्यहाँ बस्ने मानिस उनिहरुको भेषभुषा संकृति आदिको बारेमा जानकारी दिइएको छ। बेगनास ताल, महेन्द्र गुफा, चमेरे गुफा, रुपा ताल, माटेपानी गुम्बा, बसुन्धरा पार्क, काउडाडा भ्यु टावर, सराङकोट भ्यु टावर, भिमसेन मन्दिर, अन्नपूर्ण संग्रहालय, सेती खोला, लभ्ली हिल, हलन चोक, सेती गण्डकी, पुरानो पोखरा, गोरखा संग्रहालय, अन्नपूर्ण पुतली संग्रहालय आदि पोखरा गएपछि हेर्नै पर्ने ठाउँहरु हुन्।
words per minute
0
wpm
accuracy
0%
Text Practice - Time 832 - English

words per minute