Text Practice Mode
Computer Operator Nepal Nepali Typing set - 1
created Jun 19th 2022, 11:05 by Dipendra Rana Magar
0
566 words
1 completed
0
Rating visible after 3 or more votes
saving score / loading statistics ...
00:00
काठमाडौं, असार ५ गते । पछिल्लो केही दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडा पखालाका बिरामी बढ्न थालेका छन् । अस्पतालमा बिहीबार यो वर्षकै धेरै १९ जना झाडा पखालाका बिरामी अस्पतालमा आएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले छ जना झाडा पखालाका बिरामी उपचाररत छन् ।
त्यस्तै, गतवर्ष कपिलवस्तुको कृष्णनगर तीन नगरपालिकामा हैजा फैलिएको थियो । त्यहाँ ८५५ जना हैजा सङ्क्रमित थिए । जसमध्ये चार जना बिरामीको मृत्यु भएको थियो । जसमध्ये तीन जना १० वर्षमुनिका थिए । खानेपानीको मुहान सफा नहुँदा बेलाबेलामा समुदायमा हैजा फैलिने चिकित्सक बताउँछन् ।
हैजा के हाे ?
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने झाडापखालालाई हैजा भनिन्छ । उहाँका अनुसार यस ब्याक्टेरिया हाम्रो शरीरभित्र पस्यो भने झाडा पखाला लाग्ने गर्दछ त्यसलाई कोलेरा अर्थात् हैजा भनिन्छ ।
उहाँ भन्नुहुन्छ, ‘हैजा भएका मानिसको दिसामा उक्त कीटाणुहरु निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छ । मानिसको सानो आन्द्रामा साे ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने गर्छ ।’ हैजा भएका दशमध्ये एक जनामा गम्भीर हैजा हुने अध्ययनहरुले देखाएको छ ।
त्यस्तै, घरमा एक जनालाई भएमा लगभग सबैलाई हुने गर्छ । लक्षणहरु निरन्तर पातलो चामल धुँदा निस्कने चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाको प्रमुख लक्षण भएको उहाँ बताउनुहुन्छ । कीटाणु शरीरमा प्रवेश गरेको २४ घण्टादेखि हैजाका लक्षणहरू देखिने गर्दछन् ।
लक्षण सामान्यतः पाँचदेखि सात दिनसम्म रहने चिकित्सक बताउँछन् । झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घट्ने हुँदा केही घण्टाभित्रै जलवियोजन तथा इलेक्ट्रोलाइटको कमी हुने चिकित्सक बताउँछन् । जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने जस्ता लक्षण देखिन्छन् ।
शरीरमा पानीको मात्रा कम भई पिसाब बन्द भएर मिर्गौला फेल हुने सम्भावना भई मानिस मृत्युको मुखमा पुग्न सक्ने उहाँकाे चेतावनी छ । कतिपय मानिसलाई बिना लक्षण निको हुने गर्छ । त्यस्ता मानिसले अर्को मानिसलाई सार्ने गर्दछन् ।
जोखिम समूह हैजा जुनसुकै उमेर समूहका मानिसमा पनि हुने गर्दछ । तर पाँच वर्ष उमेरका जोखिम बढी हुन्छ । दूषित पानी, खाना खाने मानिसहरु पनि बढी जोखिममा हुने गर्दछन् ।
वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कडा लक्षण देखिने उहाँ बताउनुहुन्छ ।
कस्तो खानेकुरा खाने ?