eng
competition

Text Practice Mode

Computer Operator Nepal Nepali Typing set - 7

created Jun 25th 2022, 03:54 by Dipendra Rana Magar


1


Rating

415 words
2 completed
00:00
यस वर्ष मनसुन सुरुमै सक्रिय भयो देशैभर धान रोपाइँ पनि भइरहेको हालसम्म कति रोपाइँ भयो, त्यसको तथ्याङ्क आउन बाँकी बेमौसमी वर्षाका कारण गत वर्ष धान उत्पादनमा ८.७६ प्रतिशतले ह्रास आयो यस पटक भने मलको अभावले उत्पादनमा असर गर्ने हो कि भन्ने आकलन गरिएकोे
समग्र कृषिमा धानको योगदान १५ प्रतिशत असार १५ लाई धान दिवसकै रूपमा मनाइन्छ ‘धान बालीमा जैविक विविधता उपयोग : आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ यस वर्ष १९औँ धान दिवस मनाइनेछ देशकै कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान ३.३ प्रतिशत यस हिसाबले कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब रुपियाँमा धानको योगदान एक खर्ब ६४ अर्ब रुपियाँ रहेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख  
गत वर्षको बेमौसमी वर्षाले कैलाली, कञ्चनपुर बर्दियालगायत जिल्लाका धान बालीमा क्षति पुग्यो यसले धान उत्पादनमा मात्र कमी भएन, कुल गार्हस्थ्य उत्पादनमै असर प¥यो जलवायु परिवर्तनका कारण समग्र कृषि उत्पादनमै अब प्रत्यक्ष प्रभाव पर्न थालेको त्यसको प्रमाणका रूपमा यो वर्षालाई लिन सकिन्छ कहिले अतिवृष्टि, कहिले खडेरी कहिले बेमौसमी वर्षाका कारण कृषि उत्पादनमा प्रत्यक्ष प्रभाव पर्ने गरेको  
धान उत्पादन कति ?
सात वर्षअघि ३.१३ प्रतिशतले बढेको धान उत्पादन २०७७/०७८ सम्म आइपुग्दा ३.८२ प्रतिशतले वृद्धि भयो तर २०७८/०७९ मा ८.७४ प्रतिशतले कमी आयो आर्थिक वर्ष २०७७/०७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो भने गत वर्ष ५१ लाख ३० हजार ६०४ मेट्रिक टन उत्पादन भयो अर्थात् चार लाख ९० हजार ३९६ मेट्रिक टन धानको उत्पादन घट्यो सात वटा प्रदेशमध्ये गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले वृद्धि भएको बाँकी प्रदेशमा घटेको सबभन्दा बढी सुदूरपश्चिममा ३१.४९ प्रतिशतले घट्यो भने लुम्बिनी प्रदेशमा १८.३८, प्रदेश मा ०.९३, मधेश प्रदेशमा ५.२४, बागमती प्रदेशमा ०.३५, कर्णालीमा ८.७६ प्रतिशतले धानको उत्पादन घट्यो  
पाँच वर्षमा सबभन्दा कम उत्पादन यो चालू आर्थिक वर्षमा नै भएको २०७६/०७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन उत्पादन भएको थियो त्यस्तै, २०७५/०७६ मा ५६ लाख १० हजार ११ मेट्रिक टन, २०७४/०७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन २०७३/०७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन उत्पादन भएको थियो  
जब कि आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा धान बाली लगाइएको जमिन करिब चार हजार हेक्टर बढी थियो त्यतिबेला बीउ, मल, सिँचाइको पनि अभाव थिएन धान पनि राम्रै फलेको थियो उत्पादनमा वृद्धि हुने अनुमान गरिएको थियो तर अचानक परेको बेमौसमी वर्षाले धान बालीलाई नास गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो  

saving score / loading statistics ...