Text Practice Mode
Nepali Typing - 10
created May 4th 2023, 03:42 by nepalmavi2028
0
157 words
0 completed
0
Rating visible after 3 or more votes
मानिसमा सिस्नो खानुको फाइदा
सिस्नोमा औषधीय गुण हुन्छ। सिस्नो पोसिलो हुनुका साथै यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।
सिस्नोको नियमित प्रयोगबाट मिर्गौलाको समस्या, पिसाब पोल्ने, दम, बाथ रोगमा लाभ मिल्छ तथा यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ। यसका साथै सिस्नोको मेहदी बनाएर कपालमा लगाउँदा कपाल झर्न रोकिन्छ।
महिनावारी अनियमित हुने, ग्यास्टिक, स्त्रीरोग, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचापका बिरामीलाई समेत सिस्नो उपयोगी मानिन्छ।
त्यसैगरी भाँचिएको र मर्केको हाडलाई जोड्न, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो तथा शरीर फुर्तिलो, छरितो र आकर्षक बनाउन सिस्नोको पाउडर प्रयोग गर्न सकिन्छ। यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न वा उमालेर खान पनि सकिन्छ।
यसमा हुने रौँ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकाले सिस्नो पीडादायक हुन्छ। त्यसैले सिस्नो छुदा पोल्छ तर पानीमा उमालेपछि ती तìव नष्ट भएर जान्छन्।
हप्ताको एक पटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा मलाशय सफा हुने विश्वास गरिन्छ। यसर्थ हामीले पनि हप्ताको एक पटक सिस्नो सागका रूपमा भए पनि खानुपर्छ।
saving score / loading statistics ...
00:00