eng
competition

Text Practice Mode

Nepali typing test 4

created Sep 22nd, 14:34 by Chandra Magar


1


Rating

215 words
0 completed
00:00
 
स्थानिय जनक सोनाहाले समुहमा निकै मेहेनत गरेर सुन चाले पनि सुन खरिद गर्ने एजेन्टले सस्तोमा लिँदा गुजारा गर्न समस्या रहेको बताए। ‘समुहमा ५० लालसम्म सुन जम्म गरे पनि व्यक्तिगत रुपमा कम हुन्छ‘, उनले भने ‘पहिले पहिले सुन भेटिए पनि मुल्य थिएन। अहिले मुल्य छ, तर सुन निकै कम भेटिन्छ।‘ बालुवा चालेर छानेको सुन कैलालिको टीकापुर, लम्की, धनगढी, बर्दियाको राजापुर बाकेको नेपालगञ्जसम्म बिक्री हुन्छ। व्यापारी नारायण थारुले भने, ‘हामी सोनाहासँग चार सय ५० रुपैयाँ प्रतिलालमा किनेर सय रुपैयाँसम्ममा बेच्छौ।‘ अहिले नेपाली बजारमा एक लाल सुनको मुल्य झन्डै सय २५ रुपैयाँ छ। एक तोलामा सय लाल हुन्छ. नदीबाट निकालिएको सुन एक नम्बर नै हुने भए पनि सुनमा १० प्रतिशत पारो मिसावट हुने गरेको व्यापारीहरु बताउछन्। त्यसरी ल्याएको सुन खारेर मात्रै गरगहना बनाउन सकिने टीकापुरका व्यापारी जनक साहुले बताए। ‘व्यापारीले सुनको मुल्यको १० प्रतिशतसम्म घटाएर खरिद गर्छन्, साहुले भने, ‘सुन खारेपछी मात्रै गहना बनाउन सकिन्छ।‘ सोनाहा विकास समाजका अध्यक्ष शान्ति सोनाहाले यहाँ संकलित सुनबाट सिधै गहना बनाउन सकिदैन। ‘हामीले बनाउदैनौ, डल्लो पारेर बिक्री मात्रै गर्ने हो तर सुन व्यवसायीले केमिकल प्रयोग गरेर खारपछि नरम हुन्छ। गहने बनाउन मिल्छ।‘, उनले भने, ‘हामीले कोइलामा राखेर सुनका डल्ला पार्छौ घरमै आउने व्यवसायी वा एजेन्टलाई बिक्री गर्छौ।‘ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बालुवा उत्खनन गर्न निकुञ्जले रोक लगाएको बताए।  
 

saving score / loading statistics ...